कोलेस्ट्रोलको बिरामीलाई भूँइकटरको जुस औषधि समान-Sutra News

कोलेस्ट्रोलको बिरामीलाई भूँइकटरको जुस औषधि समान

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न जुसको सेवन लाभदायक हुन्छ । जुसले शरीरलाई ऊर्जा दिने काम मात्र गर्दैन, यसमा पाइने पोषक तत्वले शरीरलाई धेरै रोगबाट बचाउँछ । धेरैजसो मानिसहरु मौसमी जुस पिउन रुचाउँछन् । जसमा भूँइकटहरको जुस पनि पर्दछ ।



तर, तपाइँलाई थाहा छ, कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न वा घटाउन भूँइकटहरको जुस निकै फाइदाजनक हुन्छ। भूँइकटहरमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ, जसले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।

भूँइकटहरमा पाइने ब्रोमेलेन नामक तत्वले धमनीमा जम्मा भएको कोलेस्ट्रोललाई तोड्छ, जसले शरीरमा रक्तसञ्चार सुधार गर्न मद्दत गर्छ। यसबाट मुटु रोगको जोखिम कम गर्न सकिन्छ । खराब कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ भने भूँइकटहरको सेवन गर्न सक्नुहुन्छ । तपाईं यसलाई धेरै तरिकामा उपभोग गर्न सक्नुहुन्छ। एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि विज्ञहरूकाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट