पत्रकारलाई प्रवेश निषेध गरेसँगै विरोध-Sutra News

पत्रकारलाई प्रवेश निषेध गरेसँगै विरोध

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरेपछि पत्रकारहरूले क्यामेरा डाउन गरी विरोध गरेका छन् ।



सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रिपोर्टिङका लागि गएका पत्रकारलाई प्रवेश नदिइएपछि क्यामेरा डाउन गरेर विरोध जनाएका हुन । सूचना तथा प्रसारण विभागको कार्डले समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गर्दै क्यामेरा डाउन गरेका थिए । समारोहको निमन्त्रण पास भए मात्रै प्रवेश दिने भन्दै पत्रकारलाई आयोजकले फर्काइदिएको थियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहेको थियो । विं.सं. २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट