सास गन्हाएर चिन्तामा हुनुहुन्छ ? यसरी हटाउन समस्या-Sutra News

सास गन्हाएर चिन्तामा हुनुहुन्छ ? यसरी हटाउन समस्या

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

सास गन्हाउनु एक सामान्य समस्या हो, जुन धेरै कारणले हुन सक्छ। सासको दुर्गन्धले हामीलाई सताउने मात्र होइन, यसले हाम्रो वरपरका मानिसहरूलाई पनि असहज पनि बनाउँछ।



सास गन्हाउनु धेरै कारणले हुन सक्छ । दाँत सफा नगर्नु, मुखको संक्रमण, गलत खाने बानी, सुर्ती सेवन, केही रोग वा औषधि जस्ता कारणले सास गन्हाउने हुन्छ ।

कारण जेसुकै होस्, दुर्गन्धले हाम्रो आत्म-विश्वास कम गर्छ र हामीलाई सामाजिक रूपमा अलग बनाउँछ। तर, चिन्ता लिनु पर्दैन ।

सासको दुर्गन्धबाट छुटकारा पाउनको लागि, हामी घरेलु केही सरल र प्राकृतिक उपायहरू प्रयोग गर्न सक्छौं, जसले यो समस्यालाई हटाउन मद्दत गर्न सक्छ।

आउनुहोस्, सासको दुर्गन्ध हटाउने केही प्रभावकारी घरेलु उपायहरूबारे जान्नुहोस्।

ल्वाङ्गकाे सेवन

ल्वाङ्गमा एन्टिब्याक्टेरियल गुण हुन्छ जसले मुखबाट ब्याक्टेरियालाई नष्ट गर्न सक्छ। ल्वाङ्गलाई मुखमा राखेर चपाउन सक्नुहुन्छ।

कागती पानी

कागतीमा भिटामिन सी हुन्छ, जसले मुखमा राम्रो ब्याक्टेरिया बढाउन मद्दत गर्छ। पानीमा कागतीको रस मिसाएर केही समय मुखमा राखेर कुल्ला गर्न सक्नुहुन्छ ।

बेकिंग सोडा

बेकिंग सोडाले मुखको एसिडिटी कम गर्छ, जसले सास गन्हाउने ब्याक्टेरियाको वृद्धिलाई रोक्न सक्छ। तपाईं आफ्नो टुथपेस्टमा बेकिंग सोडा मिलाउन सक्नुहुन्छ वा पानीमा मिसाएर मुख कुल्ला गर्न सक्नुहुन्छ।

तुलसी

तुलसीमा एन्टिब्याक्टेरियल र एन्टी फङ्गल गुण हुन्छ । तुलसीको पात चपाएर वा चियामा राख्न सक्नुहुन्छ।

सौंफ र अलैंची

यी दुवैमा एन्टिब्याक्टेरियल गुण हुन्छ जसले सासको दुर्गन्ध हटाउन मद्दत गर्छ। खाना खाएपछि अलिकति सौफ र अलैंची सेवन गर्न सक्नुहुन्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट