प्रचण्ड भन्छन्– प्रधानमन्त्री हुँदा १५ दिन हो भन्ने सोचेको थिएँ-Sutra News

प्रचण्ड भन्छन्– प्रधानमन्त्री हुँदा १५ दिन हो भन्ने सोचेको थिएँ

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कुर्सी जाने डर नभएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको उत्तर दिँदै उनले आफूलाई सत्ता छाड्नु पर्छ कि भन्ने डर नभएको दाबी गरेका हुन् ।



‘मान्य ज्युले भनेको जस्तो कुर्सी हल्लिने डर मलाई छैन, मलाई अहिलेको प्रतिपक्षीमा भएको प्रमुख प्रतिपक्षीलगायतकाले प्रधानमन्त्री बनाउनु भयो, मैले १५ दिन हो कि २० दिन हो भन्ने सोचेको थिएँ, विश्वभरको अध्ययन पनि गरेका थिएँ कति वटा प्रधानमन्त्री १५-२० दिनमा हटेका रैछन् भनेर,’ उनले भने, ‘मैले नजिकै हाम्रो छिमेकी भारतमा १३ दिनमा अटलविहारी बाजपेयी प्रधानमन्त्रीबाट हटेको देखेपछि आनन्द मानेको थिएँ, त्यस कारण यो सरकार जाला कि भन्ने डर मलाई बिलकुलै छैन ।’

प्रधानमन्त्री प्रचण्डले सुरुदेखि कसरी सुशासन कायम गर्न सकिन्छ ? कसरी भ्रष्टाचार कम गर्न सकिन्छ ? भन्नेमा ध्यान दिएको बताए । उनले सरकार छाड्नु पर्ने डर भएको भए छानबिन नै नगर्ने बताउँदै घटनाहरू छानबिन गर्ने बताए ।

यस्तै, उनले विमानस्थलबाट हुने सुन तस्करी रोक्न छानबिन गठन गरी काम गरिँदै आएको दाबी गरे । उनले ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गा फिर्ता हुनु ठूलो काम भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट