नेपाल ‘ए’ टोलीले क्यानडालाई दियो २१७ रनको लक्ष्य-Sutra News

नेपाल ‘ए’ टोलीले क्यानडालाई दियो २१७ रनको लक्ष्य

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । नेपाल ‘ए’ टोलीले क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा २१७ रनको लक्ष्य दिएको छ ।



मूलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको हो ।

नेपालका लागी बसिर अहमदले अर्ध शतक बनाए । उनीे ५० रनमा अविजित रहे । रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जिसी ४, र अर्जुन कुमाल ४ रन बनाए । शाहव आलम २ रनमा अविजि रहे ।

बलिङमा क्यानडाका कप्तान साद बिन जफर सर्वाधिक तीन विकेट लिँदा ईश्वरजोत सोही २, डिलोन हेलिगर, हर्ष ठाकरले र सहिद अहमदजाईले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट