मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै, कस्तो छ अंकगणित ?-Sutra News

मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै, कस्तो छ अंकगणित ?

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

जनकपुरधाम । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीले सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।



विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेस प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए ।

मुख्यमन्त्री यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । जसपाका यादवले मुख्यमन्त्री बनेयता यो तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

कस्तो छ अंकगणित ?

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्दछ । हालसम्मको अंकगणितलाई हेर्दा, प्रदेशसभामा सत्ता गठबन्धनसँग नै स्पष्ट बहुमत देखिन्छ ।

नेपाली कांग्रेससँग २२, जसपासँग १८, माओवादी केन्द्र र लोसपासँग ९÷९ र एकीकृत समाजवादीसँग ७ सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ । जुन बहुमतभन्दा माथि हो ।

गठबन्धनको बीचमा यादवलाई नै सघाएर जाने सहमति भएको कारण बहुमत पाउने सन्दर्भमा असहज देखिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट