धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते, थप विवरण आउन बाँकी-Sutra News

धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते, थप विवरण आउन बाँकी

शनिबार, ५ फाल्गुन २०८०

शनिबार, ५ फाल्गुन २०८०

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ हिलटप मोडमा बस र ट्रक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।



काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको उनको भनाइ थियो । घाइतेको विवरण आउन बाँकी रहेको छ । बसमा ३० जना तीर्थयात्री सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट