नेदरल्याण्ड्समाथि नेपाल हाबी- सय रन पूरा हुँदा लियो सातौँ विकेट-Sutra News

नेदरल्याण्ड्समाथि नेपाल हाबी- सय रन पूरा हुँदा लियो सातौँ विकेट

शनिबार, ५ फाल्गुन २०८०

शनिबार, ५ फाल्गुन २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले सातौँ विकेट लिएको छ ।



कप्तान रोहित पौडेलले शरिज अहमदमलाई खाता खोल्न नदिइ क्लिन बोल्ड गरी विकेट हात पारेका हुन् । यसअघि २६.३ ‌ओभरमा कुशल भुर्तेलले वेस्ली ब्यारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै छैटौं विकेट लिएका थिए ।

खेलमा ललित राजवंशीले व्यक्तिगत दुई विकेट लिएका छन् । सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए । अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट