लक्ष्मी मातालाई प्रसन्न पार्न शुक्रबारको दिन गर्नुहोस् यी काम-Sutra News

लक्ष्मी मातालाई प्रसन्न पार्न शुक्रबारको दिन गर्नुहोस् यी काम

शुक्रबार, ४ फाल्गुन २०८०

शुक्रबार, ४ फाल्गुन २०८०

शुक्रबार लक्ष्मीको पूजा गर्ने दिन हो । यस दिन पूर्ण विधिपूर्वक पूजा गरेमा लक्ष्मीलाई प्रसन्न बनाउन सकिन्छ । माता लक्ष्मी धनकी देवी हुन् र जसको आशीर्वाद पाउनेको जीवनमा धन–समृद्धिको कहिल्यै कमी हुँदैन।



आउनुहोस् जान्नुहोस् शुक्रबारको दिन कुन काम गर्नाले देवी लक्ष्मी प्रसन्‍न हुनुका साथै धन लाभको सम्भावना रहन्छ ?

शुक्रबार गर्नुहोस् यी काम

माता लक्ष्मीलाई सरसफाई धेरै मनपर्छ । भनिन्छ, जहाँ फोहोर हुन्छ र जहाँ फाटेको लुगा लगाएर मानिस बस्छन्, त्यहाँ लक्ष्मी कहिल्यै आउँदैनन् । त्यसैले लक्ष्मी मातालाई प्रसन्न पार्न चाहनुहुन्छ भने हरेक शुक्रबार घरलाई राम्ररी सफा गर्नुहोस्।

लक्ष्मीको कृपा प्राप्त गर्न शुक्रबार व्रत राख्नु निकै लाभदायक मानिन्छ । यस दिन लक्ष्मी मातालाई रातो र पहेँलो सुगन्धित फूल चढाएर रातो पहेँलो वस्त्र, अत्तर र श्रृंगारका सामानहरू चढाउनुहोस्। यी सबै चीजहरू माता लक्ष्मीलाई धेरै मन पर्छ।

यस दिन भगवान शुक्रको विशेष मन्त्र ‘ओम शुम् शुक्राय नमः’ वा ‘ओम हिमकुण्डमृणालभम् दैत्यनाम परमं गुरुम् सर्वशास्त्रप्रवकतरम् भार्गवम् प्रणामाम्यहम्’ को १०८ पटक जप गर्नुपर्छ। यसो गर्दा घरमा सुख–समृद्धि आउँछ।

शुक्रबारको दिन सेतो रंगसँग सम्बन्धित छ। शुक्रबार सेतो वस्त्र लगाएर लक्ष्मीको पूजा गर्नुपर्छ । माता लक्ष्मीमा भावनाको भोक छ। जो कोही भक्तले साँचो मनले पुकार्छन्, लक्ष्मी अवश्य उनीकहाँ आउँछिन् । माता लक्ष्मीलाई सच्चा भक्ति मनपर्छ।

भगवान विष्णुबिना लक्ष्मीको पूजा अधुरो मानिन्छ । त्यसैले शुक्रबारको दिन लक्ष्मीको साथसाथै भगवान विष्णुको पनि पूजा गर्नुपर्छ । यसले जीवनमा धन र समृद्धि ल्याउँछ।

शुक्रबार बिहान गाईलाई ताजा रोटी खुवाउनुपर्छ । यसो गर्दा लक्ष्मी माता प्रसन्न हुने र भक्तजनमा कृपा प्राप्त हुने जनविश्वास रहेको छ । यस दिन कमलको माला लगाएर लक्ष्मीको जप गर्नु धेरै शुभ मानिन्छ। यसो गर्दा लक्ष्मी माताको कृपा वृष्टि हुनुका साथै ऐश्वर्य प्राप्ति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट