हल्लाबिनै हलमा ‘जिग्री’, पानी भन्न पाउला ?-Sutra News

हल्लाबिनै हलमा ‘जिग्री’, पानी भन्न पाउला ?

फिल्मका कुरा

बिहिबार, ३ फाल्गुन २०८०

बिहिबार, ३ फाल्गुन २०८०

काठमाडौं ।  भोलि शुक्रबारबाट फिल्म ‘जिग्री’ रिलिज हुँदै छ । कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेका यो फिल्मले वर्तमान समयको दुई युवाहरूको कथा दर्साइएको छ ।



आकाश मगरले निर्देशन गरेको पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको बताइएको छ ।

यो फिल्म भोलिबाट रिलिज हुने भए पनि कुनै हल्लाबिनै प्रदर्शन हुँदै छ । निर्माण पक्षले प्रचार प्रसारमा खासै चासो दिएको छैन । यसको टिजर र ट्रेलर सार्वजनिक मात्रै गराएको छ । यसरी हेर्दा निर्माणपक्षले फिल्मको विषयमा दर्शकलाई जानकारी गराउन समेत आवश्यक समेत नठानेको देखिन्छ ।

फिल्म लाखौं रुपौया खर्च गरेर निर्माण गरिएका हुन्छ । जसबाट निर्माण पक्ष नै प्रचार प्रसारमा कमजोर देखिएको छ । यसरी विना प्रचार हलमा फिल्म लगाउँदा दर्शकले फिल्म चलेको थाहा नपाउने स्थिति हुन्छ । यस कुरामा निर्माताले ध्यान दिएका छैनन् । यसरी प्रचार विनै हलमा फिल्म लगाएर निर्माताले फाइदा लिन सक्ने अवस्था देखिँदैन । निर्माण पक्षले फिल्म चलेर फाइदा लिने चाहना दिवा सपना हुने देखिन्छ ।

फिल्म निर्माणमा गरिएको खर्चको केही प्रतिशत रकम प्रचारमा छुटाएको भए फिल्मले राम्रो व्यापार गर्न सक्थ्यो । यदि प्रचार राम्रो भएन भने फिल्मले राम्रो व्यापार गर्न सक्दैन यसमा उनीहरू चुकेको देखिन्छ । युट्युबको भ्यूज र हलहरूले आफ्नो साइटमा राखिदिएको पोस्टर हेरेर मख्ख भएको निर्माण पक्षले हलसम्म दर्शकलाई तान्ने माहौल नै सिर्जना गर्न सकेका छैनन् ।

अब विना प्रचार रिलिज हुन लागेको यो फिल्मले फिल्म नचलेर पोस्टरको पैसा पनि नउठाउन सक्ने स्थिति र भोलीका दिनमा पानी भन्न पाएन भन्ने स्थिति देखिन्छ ।

यस फिल्मलाई प्रचार प्रसार नभएकै कारण हलहरूले कम शोज दिएका छन् । फिल्मको शोज बाँडा फाँडको आँकडा हेर्दा ले निकै कम शोज दिएको देख्न सकिन्छ ।

देशकै सबै भन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई काठमाडौँ उपत्यकामा २ शो दिएको छ भने उपत्यका बाहिर हरेका हलमा गरेर १ शो उपलब्ध गराएको छ । क्यूएफएक्सकै केही स्थानमा रहेका हलमा त शो नै दिएको छैन ।

यता, अन्य मल्टिप्लेक्स हलहरूले पनि कम शोज दिएका छन् । बीग मुभिज र वान सिनेमाज्ले फिल्मलाई दुई शो दिएको छ । अरू हलहरूको दिएको शोज पनि उस्तै अवस्थामा रहेको देखिन्छ ।

यस फिल्ममा केही परिचित अनुहार समेत अभिनय छ । फिल्ममा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ ।

यस विषयमा फिल्मका निर्देशक मगरसँग कुराकानी गर्दा प्रचार प्रसार गर्न रकम नभएको र आफ्नो थप एक फल्प फिल्म थपिने बताए ।

उनले भने, ‘फिल्मको प्रचार प्रसार खासै छैन, यो कुरामा भने म चुकेको छौँ भन्ने लाग्छ । प्रमोसन नहुँदा व्यवसायीक रूपमा असर त परि नै हाल्छ । सोचे अनुरूप फिल्मले आम्दानी पनि नगर्ला, दर्शकले फिल्म हेर्दिएनन् भने आफ्नो नाममा थप एक फल्प फिल्म थपिन्छ । त्यही पनि हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट