

काठमाडाैं । बोध नलेज इन्टरटेण्डमेन्ट प्रालिको प्रस्तुतिमा रहेको लोक दोहोरी गीत ‘टोपी उनैको’ गीतिसंग्रह सार्वजनीक भएको छ।
राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा राजधानीको अनामनगर स्थित सिलौटो कटेजमा सम्पन्न भएको उक्त कार्यक्रममा गीतको सार्वाजनिकरण गरिएको हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीतसँग जोडिएका कलाकार तथा अतिथि पाहुना संगै संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।
नया पुस्तालाई मध्यनजर गरेर आफुले गीतमा संगीत गरेको सोहि गीतका गायक तथा संगीतकार डीआर सुजनले बताए। सोही बिचमा गीत भित्रकी गीतकार बोध श्रीले पनि आफ्नो मिहनत गीतमा खर्चेको बताएकी छिन् ।
गीतमा बाल गायिका आयुसा गौतम र अन्जु बिश्वकर्मा पनि स्वर रहेको छ ।