पूजाको ‘दान्भी’को कालिम्पोङमा छायांकन हुँदै-Sutra News

पूजाको ‘दान्भी’को कालिम्पोङमा छायांकन हुँदै

बिहिबार, ३ फाल्गुन २०८०

बिहिबार, ३ फाल्गुन २०८०

काठमाडौं । नायिका पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को तेस्रो चरणको छायांकन सुरु भएको छ ।



रुपेश तामाङको निर्देशनमा तयार भइरहेको ‘दान्भी’को तेस्रो सेड्यूलको छायांकन भारतको कालिम्पोङमा धमाधम भइरहेको हो ।

फिल्मको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माणपक्षले जानकारी गराएको छ । छायांकनमा फिल्मका मुख्य कलाकारहरू पूजा शर्मा र कुन्साङ बोमजोमले दृश्य दिइरहेका छन् ।

एक सातादेखि कालिम्पोङमा रहेकी नायिका शर्माले भनिन्, ‘हामीले फिल्मको मुख्य अंशको छायांकन गरिरहेका छौँ । अझै, एक साता छायांकन सेड्यूल छ ।’

प्रदर्शन मिति तय नगरिएको यो फिल्मको निर्माणपक्षले केही समय अघि एक्सन पूर्ण टिजर समेत सार्वजनिक गरेको थियो । फिल्मको छायांकन सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माणपक्ष छ ।

फिल्ममा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’का मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ ।

देव मगर र अनुप गडालको लगानी रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्माताको रूपमा छन् ।

श्री श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्ममा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ । फिल्मका मुख्य सहाय निर्देशक नवराज शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट