यस्तो छ केकी अधिकारीको ‘बोक्सीको घर’को फस्टलुक पोस्टर-Sutra News

यस्तो छ केकी अधिकारीको ‘बोक्सीको घर’को फस्टलुक पोस्टर

बुधबार, २ फाल्गुन २०८०

बुधबार, २ फाल्गुन २०८०

काठमाडाैं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।



बैशाख १४ गते रिलिज हुने फिल्मको आज सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर फस्टलुक पोस्टर रिलिज गरिएको हो ।

सार्वजनिक पोस्टर पूर्णरुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ ।

नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन्’ भन्ने भनाइ रहेको छ । पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ । उक्त पहिला पात्रलाई पछाडिबाट देखाइएको छ, अनुहार देखाइएको छैन भने पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।

यस हिसाबले पोस्टर एकदमै आकर्षक बनेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्मलाई केकी अधिकारी फिल्मसले निर्माण गरेको हो भने फिल्मका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

यो फिल्मको वितरण गर्ने जिम्मा टिफल्क फिल्मसले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट