साताैं इन्द्रेणी राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा-Sutra News

साताैं इन्द्रेणी राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडाैं । यही फागुन ५ गतेबाट धादिङको चरौदीमा हुने ७ औं इन्द्रेणी राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन ५ गते देखि ८ गतेसम्म हुने दोहोरी गीत प्रतियोगिता का लागी आबश्यक सम्पूण तयारी पूरा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगरले बताइन् ।



नेपालको मौलिक र संकृतिलाई बचाई राख्नको लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फागुन ५ गते देखि ८ गतेसम्म हुने दोहोरी गीत प्रतियोगिता आयोजना गरेको हो ।

दाेहोरी प्रतिष्ठान नेपालले राष्ट्रिय संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले राष्ट्रव्यापी रुपमा उत्कृष्ट दोहोरी गीत प्रतियोगिता गराई उत्कृष्ट प्रतिस्पर्धी समूहहरुबाट सर्वोत्कृष्ट छनौट गरिनेछ।

अनुभवी अग्रज कलाकारहरु निर्णायक रही प्रतिभावान र उत्कृष्ट कलाकारहरुको बीचमा दोहोरी खेलाइने छ । प्रतियोगिताको समुद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमको सम्पूर्ण अडियो, भिडियो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आफ्नै अफिसियल युट्युब च्यानलबाट प्रकाशन तथा प्रशारण गरिनेछ उनले बताइन् । संस्थाको आधिकारिक फेसबुक पेज र युट्युबबाट समेत लाइभ प्रशारण गरिनेछ । इन्द्रेणी सातौं राष्ट्रिय रनिङ शिल्ड दोहारी गीत प्रतियोगिता करिब ५० लाख नेपाली दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उनले बताइन् ।

धादिङ स्थानीय व्यवस्थापक रहने यस कार्यक्रम करीब तीस हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने साथै विभिन्न माध्यम मार्फत स्वदेश तथा विदेशमा रहनुहुने करिब पचास लाख नेपाली र नेपाली भाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

राष्ट्रिय रनिङ शिल्ड दोहारी गीत प्रतियोगितामा विजयीले प्रथम पुरस्कार तीन लाख, द्धितिय पुरस्कार दुइ लाख, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार पचास हजार प्रदान गरिने छ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

कार्यक्रमको प्रबर्द्धकका रुपमा नेपाल पर्यटन बोर्ड, टोखा नगरपालिका, टोखा नगरपालिका वडा नं ७ साथै राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहनेछन् ।

दाेहाेरी प्रतियाेगितामा ४८ समूहकाे सहभागिता रहने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट