‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी-Sutra News

‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ।



गायक विश्वराम कार्कीले आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै  ‘कट्टा हानिदिन्छु’ विरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख गरिएको छ ।

‘म विश्वराज कार्कीले २०७८।०१।१५ मा रेकर्ड भएको गीत मेगेन्द्र सुवेदीसँग लिएँ । सुवास कार्कीको शब्द संयोजनमा म गायक विश्वराम कार्कीको लगानीमा सबै काम सकिएको थियो’, उजुरीमा अगाडि भनिएको छ ‘उक्त गीत हुबहु कपि गरेर भिडियो सहित सार्वजनिक गरिएको छ ।’ गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन् ।

एलिनाको स्वरमा उक्त गीत सार्वजनिक भएसँगै कार्कीले आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको बताउँदै हुबहु चोरिएको आरोप लगाएका थिए। आफूले धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी गरेर एलिनाको आवाजमा ल्याइएको कार्कीको भनाई रहेको छ ।

उजुरीको विषयमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले आज दुवै पक्षलाई छलफलमा बोलाएको बुझिएको छ ।

यो पनि पढ्नु होस्

एलिनाको गीत ‘कट्टा हानिदिन्छु’माथि चोरीको आरोप, विश्वराम कानूनी उपचारमा जाने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट