ब्रेकपछि काममा फर्किन् सामन्था-Sutra News

ब्रेकपछि काममा फर्किन् सामन्था

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

साउथकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु सात महिनाको ब्रेकपछि काममा फर्किएकी छन् ।



३६ वर्षीया अभिनेत्री सामन्थाले आफ्नो पुनरागमनको घोषणा गर्दै आइतबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन् । साथै, भिडियोमा उनले अब स्वास्थ्य पोडकास्टमा काम गर्ने बताइन् ।

उनले भनिन्, ‘हो, म काममा ढिलो भएँ, अन्ततः म धेरै दिनदेखि पूर्ण बेरोजगार थिएँ। अब म मेरो एक साथीसँग रमाइलो गर्न जाँदैछु। यो एक स्वास्थ्य पोडकास्ट हो, यो मलाई साँच्चै मनपर्ने कुरा हो। अर्को हप्ता रिलिज हुन लागेकोले म धेरै भावुक र उत्साहित छु । मलाई आशा छ कि तपाईं मध्ये केहि यसलाई धेरै उपयोगी पाउनुहुनेछ। मलाई यसमा काम गर्न निकै रमाइलो लागेको छ ।’

सामन्थाले २०२२ मा आफू अटो इम्युन कन्डिसन (मायोसाइटिस)बाट पीडित भएको जानकारी दिएकी थिइन् र त्यसपछि उपचारका लागि कामबाट ब्रेक लिएकी थिइन् । सामन्थाको पछिल्लो रिलिज फिल्म खुशी थियो जसमा उनी विजय देवरकोंडाको अपोजिट देखिएकी थिइन् ।

सामन्था अभिनेता वरुण धवनसँग वेब-सिरिज ‘सिटाडेल’मा देखिनेछिन् । ब्रेक लिनुअघि सामन्थाले गत वर्ष जुलाईसम्म यो वेब-सिरिजको सुटिङ पनि गरिरहेकी थिइन् । यसबाहेक सामन्थाले ‘चेन्नई स्टोरीज’ पनि साइन गरेकी छिन्, जुन उनको पहिलो विदेशी फिल्म हुनेछ ।

सामन्थाको पछिल्लो फिल्म ‘खुशी’ सेप्टेम्बर २०२२ मा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट