नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य, ‘सिरिज क्लिन स्विप’ गर्ने माैका-Sutra News

नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य, ‘सिरिज क्लिन स्विप’ गर्ने माैका

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो एक दिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।



टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको हो ।

क्यानडाका लागि नभनीत धलिवालले सर्वाधिक रन बनाउँदै अर्धशतक बनाए । उनले ८२ बलमा ५ चौका हान्दै ५० रन बनाउँदा ललित राजवंशीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए ।

निखिल दत्ता ४५ रन बनाउँदा ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे । हर्ष ठाकर २९ रन, श्रेयस मोभ्भा २५ रन, श्रीमन्था विजयरथे २२ रन, ओपनर आरोन जोनसन ४ तथा निकोलस किर्तन ३ रनमा पेभेलियन फर्के ।

डिलोन हेलिगेर ४ रनमा क्याच आउट भए । कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे ।

नेपालका लागि हेमन्त धामीले ३ विकेट लिएका थिए । सिनियर टोलीमा डेब्यु खेल खेलिरहेका उनले ८ ओभरमा ४९ रन खर्चेर तीन विकेट लिएका हुन् । नेपालबाट ओडीआई खेल्ने हेमन्त ४१ औँ खेलाडी हुन् ।

कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले समान एक–एक विकेट लिए । नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट