‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’-Sutra News

‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । फिल्म ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज भएको छ ।



अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर रहेको फिल्मको गीतमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको छ ।

विवाह समारोहको रूपमा तयार पारिएको यस गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ ।

पृथक् शैलीमा तयार गरिएको भिडियोमा बराल ‘कमेडी’ शैलीमा प्रस्तुत भएका छन् ।

अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ र मिरुनाका अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । फिल्मका छायाकार सुशन प्रजापति हुन् ।

फिल्म आगामी फागुन २५ गते रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट