वालिङमा दुर्गेश थापामाथि जुत्ता प्रहार-Sutra News

वालिङमा दुर्गेश थापामाथि जुत्ता प्रहार

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ वालिङ महोत्सवमा आफ्नो प्रस्तुति दिँदै गर्दा उनीमाथि जुत्ता प्रहार भएको हो ।



महोत्सवमा प्रस्तुति दिँदै गर्दा थापामाथि जुत्ता प्रहार भएको भिडिओ लक्ष्य श्रेष्ठले सार्वजनिक गरेका हुन् । उक्त भिडिओ हेर्दा थापामाथि जुत्ता प्रहार भएको स्पष्ट रुपमा देख्न सकिन्छ । आफूमाथि जुत्ता प्रहार हुँदा पनि उनले आफ्नो प्रस्तुतिलाई निरन्तरता दिएका थिए ।

थापा आफ्नो प्रस्तति दिनका लागि शनिबार साँझ महोत्सवमा सहभागी भएका हुन् । महोत्सवमा थापासहित अन्य कलाकार तथा मोडलहरूले आआफ्नो प्रस्तुति दिएका थिए । घटनाको विषयमा आयोजकले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट