यू-१९ विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै-Sutra News

यू-१९ विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । जारी यू-१९ विश्वकप क्रिकेटको फाइनलमा आइतबार भारत र अष्ट्रेलियाबीच भिड्ने भएको छ । दक्षिण अफ्रिकाको बेनोनीस्थित विलोमुर पार्क स्टेडियममा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।



भारतीय टोलीले लगातार दोस्रो खेलमा लक्ष्य पछ्याउँदै पहिले ब्याटिङ गर्दै पाँच खेल जितेको थियोछ । भारतीय टोली प्रतियोगितामा लगातार दोस्रो पटक लक्ष्य पछ्याउने भएको छ ।

समूह चरणका पाँच खेलमा जित हात पारेको भारतीय टोली यू-१९ विश्वकपको फाइनलमा अष्ट्रेलियासँग तेस्रो पटक भिड्दै छन् ।

यसअघि दुवै पटक भारतले जितेको थियो । सन् २०१२ मा भारत आठ विकेटले विजयी भएको थियो भने २०१८ मा भारत ६ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट