ललितपुर घटना : आमाले नै दुई बच्चाको हत्यापछि आत्महत्या गरेको संकेत !-Sutra News

ललितपुर घटना : आमाले नै दुई बच्चाको हत्यापछि आत्महत्या गरेको संकेत !

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ३६ वर्षीया रविना महर्जनले शनिबार अपरान्ह ४ तले घरको छतबाट हामफालेर आत्महत्याको प्रयास गरेपछि गम्भीर घाइते भएकी महर्जनलाई उपचारको लागि किस्ट अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको शनिबार राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ ।



आमाले आत्महत्याको प्रयास गरेपछि घरमा गएर हेर्दा बच्चा अचेत अवस्थामा देखिएपछि उपचारका लागि अस्पताल लैजाँदा अस्पताल नपुर्‍याउँदै दुबै बच्चाको ज्यान गएको हो । शनिबार दिउँसो साँढे ५ बजेतिर अस्पताल पुर्‍याएका रविनाका ६ वर्षीय छोरा अश्वेत महर्जन र छोरी रिभा महर्जनको मृत्यु भएको हो ।

रविनाका श्रीमान शनिबार बिहान देखि नै घरमा नभएको तथा घटनास्थलमा कुनै सुसाइड नोट समेत नभेटिएकाले घटनाको के कारणले घट्यो भनेर प्रष्ट नभएपनि आफ्ना दुई सन्ताको हत्या गरेर आमा रविनाले पनि आत्महत्याको प्रयास गरेको हुनसक्ने आकंलन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरले दिएको जानकारी अनुसार प्रहरी घटनास्थलमा पुग्दा दुबै बच्चाको मुख थुनिएको अवस्थामा फेला परेकोले पनि दुबै बच्चाको पनि रविनाले नै हत्या गरेको हुनसक्ने आकलन गरिएको छ ।

मृतक रविना सासु, श्रीमान र आफ्ना दुई सन्तानसँगै सँगै बस्दै आएकी थिइन । घटनास्थलमा कुनै सुसाइड नोट समेत नभेटिएकाले मृतक रविनाकी सासु र श्रीमानसँग सोधपुछ भैरहेको तथा अन्य पाटोबाट पनि घटनाको सुक्ष्म अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट