तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड कार्यक्रमको तयारी पूरा-Sutra News

तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड कार्यक्रमको तयारी पूरा

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रा.लि. अनामनगरद्वारा आयोजित तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम तथा स्रष्टा सम्मान फागुन १ गते हुने भएको छ ।



चाबहिलको चलचित्र विकास बोर्डको सभाहलमा हुने कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता हुने रहेको छ ।

कार्यक्रममा लोक तथा दोहोरी गीतसँग सम्बन्धित ३२ विधाका करिब ५० भन्दा बढी कलाकारलाई अवार्ड वितरण गर्न लागिएको विशाल मुभिजका उपाध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक चर्चित गायक धिरज खत्रीले बताए ।

कार्यक्रममा वरिष्ठ लोक गायक राजु परियार, वरिष्ठ लोक गायिका सिर्जना बिरही थापा, मौलिक लोक गायक सुरेन्द्र गुरुङ, मौलिक लोक गायिका जमुना राना, गायक तथा सर्जक रामचन्द्र चन्दलगायत कलाकारको उपस्थिति हुने भएको छ ।

यसभन्दा अगाडिका संस्करणहरु निष्पक्ष साथ सम्पन्न भएकाले तेस्रो संकरणमा पनि धेरै कलाकारको उत्साहजनक सहभागिता रहने तथा कार्यक्रम भव्यताका साथ सम्पन्न हुनेमा आशावादी रहेको कार्यक्रमका संरक्षक तथा वरिष्ठ लोक गायक ईन्द्र जिसीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट