के तपाई पनि उपवास बस्दा चिया र मिठाई खानुहुन्छ ?-Sutra News

के तपाई पनि उपवास बस्दा चिया र मिठाई खानुहुन्छ ?

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

धेरै अनुसन्धानले खुलासा गरेको छ कि व्रतमा बस्ने उपवासले शरीरको तौललाई धेरै हदसम्म नियन्त्रण गर्छ। तर, यो उपवासमा बस्दा के खाने र के नखाने भन्ने कुरालाई भने हेक्का राख्न विज्ञहरु सुझाउँछन् ।



धेरै मानिसहरु उपवास बसेको बेलामा गुलियो मिठाई, चियालगायतका कुराहरु खान्छन् । उनीहरुले दिनमै धेरै पटक त्यस्तो खानेकुरा खाएको पाइन्छ ।

तर, विज्ञहरु खाली पेटमा त्यसरी चिया खानु निकै हानिकारक भएको बताउँछन् । जसले शरीरमा मोटाइ हटाउनेभन्दा पनि थप समस्या सिर्जना गराउने विज्ञहरुको तर्क छ ।

खाली पेटम चिया खाँदा सबैभन्दा बढी ग्याष्ट्रिको समस्या निम्तिने विज्ञहरुको भनाई छ ।

साथै, चिनीको धेरै प्रयोगले मधुमेहको जोखिम बढाउने पनि विज्ञहरु बताउँछन् ।

यदि उपवास नै बस्ने हो भने पानी मात्रै खाएर पूर्ण उपवास बस्नुपर्ने विज्ञहरुको सुझाव छ । त्यस्तो उपवास बढीमा १२ घण्टासम्मको बस्न उपयुक्त हुने विज्ञहरु बताउँछन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट