व्यस्त राजमार्गमा विमान अवतरण हुँदा दुर्घटना, दुई जनाको मृत्यु-Sutra News

व्यस्त राजमार्गमा विमान अवतरण हुँदा दुर्घटना, दुई जनाको मृत्यु

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । एक निजी यात्रुवाहक जेट शुक्रबार अमेरिकाको फ्लोरिडाको राजमार्गमा दुर्घटनाग्रस्त भएको छ ।



पाँच जना यात्रु बोकेको एउटा निजी यात्रुवाहक जेट व्यस्त राजमार्गमा दुर्घटनाग्रस्त भएको हो । विमान दुई वटा गाडीसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो ।

समाचारमा जनाइएअनुसार ओहायोबाट उडेको बम्बार्डियर च्यालेन्जर ६०० बिजनेश जेट नेपल्स एयरपोर्टमा पुग्दा पाइलटले विमानका दुवै टर्बोफ्यान इञ्जिन फेल भएको जनाएको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले विज्ञप्तिमा भन्यो ।

घटनास्थलको भिडिओ र तस्बिरले दक्षिण-पश्चिम फ्लोरिडाको खाडी तटमा नेपल्स नजिकैको अन्तरराज्यीय ७५ मा दुर्घटना भएपछि विमान सडकको छेउमा रहेको रिटेनिङ पर्खाल नजिकै देखिएको थियो ।

विमानले राजमार्गमा रहेको एउटा कार र पिकअप ट्रकलाई ठक्कर दिएको फ्लोरिडा हाइवे पेट्रोलले जनाएको छ । राजमार्ग गस्तीका प्रवक्ता मोली बेस्टले विमानमा सवार तीन जना बाँचे र दुई जनाको मृत्यु भएको बताए । प्रभावित कार र ट्रकमा रहेका मानिसको संख्या भने खुलाइएको छैन ।

एनटीएसबी दुर्घटना अनुसन्धान टोलीका सदस्यहरू केही घण्टामै घटनास्थलमा आइपुगेको एजेन्सीका प्रवक्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट