दोस्रो खेलमा क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल-Sutra News

दोस्रो खेलमा क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । नेपालले क्यानडाविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो ।



नेपाल र क्यानडाबीच तीन वटा एक दिवसीय खेलको शृङ्खलाको आज दोस्रो खेल हुन लागेको हो । बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक रुपमा सात रनको जित निकालेको थियो ।

क्याडनाविरुद्ध आजको खेल नेपालका लागि ६१ औँ एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो । सन् २०१८ यता नेपालले ६० वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट