संकटउन्मुख एनआइसी एसिया : राष्ट्र बैंकले छानबिन थाल्दा बाहिरिए डेपुटी सीईओ-Sutra News

संकटउन्मुख एनआइसी एसिया : राष्ट्र बैंकले छानबिन थाल्दा बाहिरिए डेपुटी सीईओ

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

काठमाडौं । एनआईसी एसिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले राजीनामा दिएका छन् । केन्द्रीय बैंकले विशेष सुपरिवेक्षण पठाएसँगै डेपुटी सीईओ पाण्डे बैंकबाट बाहिरिएका हुन् ।



वित्तीय अवस्था खस्किएको बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा प्राथमिक पुँजीकोष अनुपात मिलाउन वासेल रिपोर्टमा तोडमोड गरेको भेटिएपछि राष्ट्र बैंकले सुपरिवेक्षण टोली पठाएको थियो ।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ। तर, एनआइसी एशियाको ८.७३ प्रतिशत रहेको छ।

खराब कर्जा करिब सत् प्रतिशत बढ्न र पुँजी कोष अनुपात नियमभन्दा बाहिर रहेसँगै बैंकको अवस्थालाई जोखिममा भएको रुपमा बुझिन्छ । जुन अवस्थालाई ढाकछोप गर्न बैंकले वासेल रिपोर्टमा तोडमोड गरेको थियो ।

बैंकको चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको छ । वित्तीय रिपोर्टअनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँमाथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ ।

फलतः बैंकको खुद नाफासँगै यता वितरणयोग्य नाफा समेत प्रभावित बन्न पुगेको छ । अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर पर्फमेन्स प्रदर्शन गर्दै ४१.८४ प्रतिशतले नाफा गुमाउँदै जम्मा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्र कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट