काठमाडौं । गोपीकृष्ण हल बन्द हुने भएको छ ।
वि.सं २०५२ सालदेखि सञ्चालनमा आएको गोपीकृष्ण हल शुक्रबार विज्ञप्ति जारी गर्दै बन्द हुने जानकारी गराएको हो ।
गोपी कृष्ण मुभिजलाई बन्द गर्ने निर्णयमा यसका संचालक पुगे अनुसार फागुनको १ गतेबाट बन्द गर्न लागिएको जारी विज्ञप्तिमा भनिएको छ ।
बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय गरिएको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् ।
निर्देशक पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोरोनाको सक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’
निर्देशक पौडेलले आजसम्म पाएको सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन् ।