छ महिनामै नेपाल लाइफले कमायाे झण्डै आधा अर्ब नाफा-Sutra News

छ महिनामै नेपाल लाइफले कमायाे झण्डै आधा अर्ब नाफा

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडाैं । जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को दोस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएकोे छ।



चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. २० अर्ब ६ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. १८ अर्ब ६२ करोड ७२ हजार करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धी भएको हो। कम्पनीले समीक्षा अवधिमा रु ३ अर्व १६ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थियो। नवीकरण बीमाशुल्क १६ अर्ब ८३ करोड रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थियो। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ६ खर्ब ८२ अर्ब ५ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ।

कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १८६ खर्ब १० अर्ब २१ करोड भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ ।

गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब १ खर्ब ५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिब १८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ।

त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ १ अर्व ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ। ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ।

यस्तै, कम्पनीको प्रति सेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति सेयर कुल सम्पत्तिको मूल्य २ हजार ४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट