अन्तिम एक मिनेटमा ६ अंकले नेप्से बढ्दा गिरावट हुनबाट जोगियो-Sutra News

अन्तिम एक मिनेटमा ६ अंकले नेप्से बढ्दा गिरावट हुनबाट जोगियो

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.७४ अंकले वृद्धि भएको छ । अन्तिम एक मिनेटमा नेप्से ६ अंकले पढेपछि गिरावट हुनबाट जोजिएको हो । योसँगै नेप्से २ हजार ९६.३८ अंकमा पुगेको छ ।



आज कारोबार रकम बढेर तीन अर्ब २१ करोड २२ लाखमा कायम भएको थियो । आज  सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । यस्तै, चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बैंकिङ, जीवन बीमा, म्याचुअल फण्ड र अन्य समूहको उपसूचकबाहेक सबै उपसूचक धनात्मक भएका छन् । आज कूल १५७ कम्पनीको शेयर मूल्य बढ्दा ८२ वटाको मूल्य घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट