हात्तीछाप र दयारानी प्रिभ्युः दर्शकको प्रतिक्रिया कस्तो आउला ?-Sutra News

हात्तीछाप र दयारानी प्रिभ्युः दर्शकको प्रतिक्रिया कस्तो आउला ?

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । भोली शुक्रबारबाट नेपाली बक्सअफिसमा दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आउँदै छन् ।



जसमा सिमोस सुनुवार निर्देशित फिल्म ‘हात्तीछाप’ र माओत्से गुरुङले निर्देशित फिल्म ‘दयारानी’ रहेका छन् ।

कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई समेटिएको फिल्म हात्तीछापमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, बिजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । फिल्मले प्रिमियरबाट सकरात्मक प्रतिक्रिया पाउन सफल भएको छ । यस्तै, फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

एक थरी दर्शकहरूको पर्खाइ रहेको यस फिल्मले व्यापारका हिसाबले के गर्छ भन्ने कुरामा पर्सिका दिनबाट थाह हुनेछ । प्रचार प्रसार राम्रै भएपनि यसलाई दर्शको वर्डमाउथमा भर पर्नुपर्ने देखिन्छ ।

यो समाचार तयार पार्दासम्म फिल्म हात्तीछापका युट्युबमा सार्वजनिक भएका प्रचार सामाग्री हेर्दा (समाचार तयार पार्दासम्म) दुइ महिना अघि सार्वजनिक भएको टिजरको १२ लाख २२ हजार ८ सय १० भ्युज छ, भने दुई हप्ता अघि सावर्जनिक भएको ट्रेलरको ११ लाख १९ हजार २ सय ५१ भ्युज गएको छ । यस्तै, एक महिना अघि सावर्जनिक भएको ‘मायालु’ बोलको गीतको १० लाख ८८ हजार ८ सय ९ भ्युज गएको छ ।

यता, ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।

क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ ।

फिल्मलाई वीग मुभिजले ६ शोज दिएको छ । बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शोज दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शोज उपलब्ध गराएको छ ।

देशभरका हलमा उच्च शोज पाएको यो फिल्मले विकेन्डमा नै राम्रो ओपनिङ गरेको खण्डमा निर्मातालाई लगानी सुरक्षित गर्न धेरै दिन पर्खन नपर्ने निश्चित छ ।

यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । ३ महिनादेखि नेपाली फिल्मले राम्रो व्यापार नगरिरहेको समयमा यो फिल्मले बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

यस्तै, पारिवारिक कथामा आधारित रहेको दयारानीमा दयाहाङ राई दीया पुनका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ ।

’दयारानी’ फिल्मको अग्रिम टिकट बुकिङ्ग खुल्ला भएसँग देशभरका विभिन्न हलमा ११३ शो रिलिज हुँदै छ भने डायस्पोरामा ४ सय शो रिलिज हुने निश्चित भएको छ ।

यो फिल्मले पनि दर्शक हलसम्म फर्काउने अपेक्षा गरिएको छ । जसको लागि फिल्मको निर्माण टिमले प्रचारमा राम्रै दौडधुप गरिरहेको छ ।
’दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४, आइएनआइले १२ शो दिएका छन् ।

त्यसैगरी, रञ्जना सिनेपेलेक्स, सिके बिएसआर, सिडिसी र क्युज सिनेमाले पनि यस्तै अनुपातमा शोहरु छुट्याएका छन् । दयारानी अष्ट्रेलियामा भने एक दिन अगाडि रिलिज हुने भएको छ ।

फिल्मको ओभरसिज वितरण खरिद गरेको सेभेन सिज इन्टरटेनमेन्टले हिन्दी र अंग्रेजी ठूला फिल्मका बाबजुत नेपाली फिल्मले धेरै शो पाएकोमा उत्साह व्यक्त गरेको छ ।

अमेरिकाका २३ थिएटरमा फिल्मको १ सय ९७ शो पक्का भएका छन् । फिल्म डलास, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइनेछ । त्यसैगरी अष्ट्रेलियामा आगामी हप्ताका लागि १ सय ८० वटा शो निश्चित भएको छ । अष्ट्रेलियामा उल्लेख्यमात्रमा नेपाली जनसङ्ख्या भएका सबै प्रमुख सहरमा फिल्म रिलिज हुने लागेको छ ।

सेभेन सीजका अनुसार ’दयारानी’ मध्यपूर्वमा फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायतसहितका युरोपेली मुलुकहरुमा फेब्रुअरी १६ बाट रिलिज हुने छ । सेभेन सीज इन्टरटेनमेन्ट ग्लोबल बजारको बक्स अफिसमा नेपाली फिल्महरू प्रदर्शन गर्न सक्ने प्रभावशाली कम्पनी हो ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्

फिल्मका युट्युबमा सार्वजनिक भएका प्रचार सामाग्री हेर्दा (समाचार तयार पार्दासम्म) तीन हप्ता अघि सार्वजनिक भएको टिजरको ५ लाख ९६ हजार ५ समय ९ भ्युज गएको छ । यस्तै, नौ दिन अघि सार्वजजिक भएको ट्रेलरको ७ लाख ३० हजार २ सय ४९ भ्युज गएको छ भने, चार वर्ष अघि रिलिज भएको चिरी च्यटै बोलको गीतको १६ लाख ४२ हजार ३ सय ४२ भ्युज गएको छ । साथै, एक महिना अघि सार्वजनिक भएको सोही गीतको लिरिकल गीतको ७ लाख ९३ हजार ९ सय ६२ भ्युज गएको छ ।

भोलि शुक्रवारबाट तपाईँहरूलाई यी दुई फिल्म मध्य कुन फिल्म तपाईंरूको रोजाइको र मन परेको छ भने आफ्नो इच्छा अनुरूप हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट