नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य-Sutra News

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ५० ‍ओभर खेल्दै २२४ रन बनाएको हो ।



नेपालले पहिलो विकेटका लागि ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाएर आउट भए । उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो ।

दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट हुन पुगे । उनले ५८ बलमा एक छक्का र नौ चौकाको मद्दतमा ६२ रन बनाएका थिए । खेलमा उनले नेपालका लागि अर्धशतक पूरा गरे ।

चौथो विकेटका रुपमा भीम सार्की आउट भए । उनी १७ रन बनाउँदै फर्किँदा २६ बलको सामाना गरे । उनी आउट हुँदा नेपालले ११२ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाउँदा छटौँ विकेटमा आरिफ शेख आउट भए । मल्लले ३२ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाए । शेखले ३८ रन बनाउँदै आउट भए ।

यस्तै, सातौँ विकेटका रुपमा पवन सराफ आउट भए । उनले ३४ बल खेल्दै १५ रन बनाएका थिए । आठौँ विकेका रुपमा सोमपाल कामी आउट भएका थिए । उनले २२ बल खेल्दै २७ रन बनाएका थिए ।

क्यानडाका लागि उदय भगवानले तीन विकेट लिए । सादविन जाफर र ईश्वरज्वत साेहीले दुई-दुई विकेट लिँदा हर्ष ठकार र साहिद अमजादीले समान एक-एक विकेट लिए ।

क्यानडासँगको पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । क्यानडा र नेपालबीच तीन वटा एक दिवसीय खेलको शृंखला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट