सेतो र कालाे नुन : स्वास्थ्यका लागि कुन फाइदाजनक छ ?-Sutra News

सेतो र कालाे नुन : स्वास्थ्यका लागि कुन फाइदाजनक छ ?

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

प्रायः सबैकाे भान्सामा सेतो नुन र कालाे नुन दुवै उपलब्ध हुन्छ । तथापि, धेरैले नियमित खाँदा सेताे नुनकाे बढी प्रयोग गर्ने गर्छन् । तर, के तपाईलाई यी दुईबीचको भिन्नता थाहा छ ? तपाई भन्न सक्नुहुन्छ कुन नुन स्वास्थ्यको लागि राम्रो हो ? यस लेखमा यसबारे चर्चा गरिएकाे छ ।



एक दिनमा कति नुन खाने ?

यदि हामी विश्वव्यापी औसतको कुरा गर्छौं भने, प्रति व्यक्ति लगभग १०.८ ग्राम दैनिक नुन खान्छाैं । तर, विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक व्यक्तिले दिनमा ५ ग्रामभन्दा कम नुन खानुपर्छ, जुन एक चम्चा बराबर हुन्छ।

धेरै नुनको सेवनले स्वास्थ्यमा गम्भीर हानी पुर्‍याउन सक्छ ।

कालाे नुन र सेतो नुनबीचको भिन्नता ?

कालाे नुन र सेतो नुनको स्वादमा खासै भिन्नता छैन, तर स्वास्थ्य सचेत मानिसले कालाे नुन सेवन गर्न रुचाउँछन् । यी दुई नुनकाे रंगमा मात्रै फरक छैन, यसले स्वास्थ्यमा पनि फरक–फरक प्रभाव पार्छ ।

कालाे नुनको मुख्य स्रोत समुद्र , पहाड वा नुन पानीको ताल हो । जसबाट सोडियम क्लोराइडको रंगीन क्रिस्टलहरू बन्छन्। यो नुन शुद्ध मानिन्छ किनभने यसलाई तयार गर्दा कुनै छेडछाड नगरिएको र यो शुद्ध रूपमा उपलब्ध छ।

जबकी सादा नुन तयार गर्न नुनलाई परिष्कृत गरिन्छ। यसमा ९५ प्रतिशतभन्दा बढी नुन पाइन्छ । यसमा अन्य धेरै चीजहरू थपिन्छन् जसमा आयोडिन पनि समावेश हुन्छ। यही कारणले गर्दा सेतो नुन स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

सेतो नुन खाँदा उच्च रक्तचाप, हृदयाघात जस्ता रोग लाग्न सक्छ । त्यसैले, सादा नुनको खपत कम गर्नुहोस्। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट