महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त-Sutra News

महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडाैं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपेश लम्साल नियुक्त भएका छन्।



बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको हो।

बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पछि सञ्चालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए।

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट