‘हात्तीछाप’मा दीपकराज गिरीको ‘अस्वभाविक’ प्रवेश-Sutra News

‘हात्तीछाप’मा दीपकराज गिरीको ‘अस्वभाविक’ प्रवेश

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडौं । शुक्रबारदेखि प्रर्दशनमा आउने फिल्म ‘हात्तीछाप’को मंगलबार साँझ ‘प्रिमियर शो’ सम्पन्न भएको छ । उक्त प्रिमियर शोमा फिल्म हेर्नका लागि कलाकारदेखि पत्रकारसम्मको उपस्थिति रहेकाे थियाे ।



सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा करिब दुई घण्टा लामो कथावस्तुले ऐतिहासिक राणा कालको शासनदेखि विं.सं. २०७२ सालको भूकम्प हुँदै अहिलेसम्मको घटनाक्रमलाई समेटेको छ । फिल्ममा राणा शासनको अवशेष बोकेको पात्रको भूमिकामा शिशिर सिद्ध विक्रम राणा रहेका छन् । जसलाई अरुले ‘बोतल राजा’को उपनाम दिएका छन् । उक्त भूमिकामा सौगात मल्ल देखिएका छन् ।

फिल्ममा दोस्रो भागको अन्तिमतिर जबरजस्ती दीपकराज गिरीको प्रवेश गराइएको छ । उनलाई फिल्मको कथावस्तुभन्दा बाहिर रहेर प्रवेश गराइएको देख्न सकिन्छ । जुन अस्वभाविक र असार्न्दभिक देखिन्छ ।

‘छक्कापञ्जा’ फिल्ममा राजाको भूमिकामा देखिँदै आएका अभिनेता गिरीलाई हात्तीछापमा ल्याएर राणाको सन्ततीसँग तुलना गरिएको छ । जुन आफैमा अस्वभाविक हो । अभिनेता गिरीको प्रवेश जसरी गराइयो त्यो निर्माण पक्षले तर्क संगत प्रस्तुत गराउन सकेको देखिँदैन ।

यसरी हेर्दा, निर्माण पक्षले प्रचारका स्वरुपमा मात्रै दर्शकसामु उनलाई प्रवेश गराइएको स्पष्ट हुन्छ । उनको परिचय दिँदै दीपकराज गिरी उर्फ राजा भनेर इन्ट्री गराइएको छ । जुन उनी छक्कापञ्जा सिरिजमा राजा पात्रको भूमिकामा देखिँदै आएका छन् । त्यही स्वरुप ‘हात्तीछाप २ : बोतल राजा’ बनाउने संकेत गरेको देखिन्छ ।

तर, फिल्मी सिजिर ‘छक्कापन्जा’मा पनि दीपकराजको भूमिका नाममात्रैको राजाको छ । जहाँ उनलाई पारिवारिक सदस्यले मायापूर्वक राजा भनि बोलाएको पाइन्छ । जसलाई अर्को फिल्ममा ल्याएर जोड्दा सान्दर्भिक नलाग्ने फिल्मी समीक्षकको तर्क छ ।

‘हात्तीछाप’ फिल्ममा कथावस्तुको हिसाबले राणा कालको जीवनदेखि वर्तमान नेपाली राजनीतिको कुरिती र जनताले भोग्दै आएका दुर्दशाको यथार्थ देखाइएको छ । नेपाली इतिहासको राणा शासन र वर्तमान अवस्थामा जनताले भोग्दै आएको परिवेशलाई बोलत राजाले जोड्न खोजेका छन् । जसका लागि दर्शकले हलसम्म पुगेर फिल्म हेर्नुपर्ने हुन्छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सौगातसहित, दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, वुद्धि तामाङलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट