काठमाडौं । फिल्म ‘सिटामोल’को हाल सिन्धुलीमा छायांकन चलिरहेको छ । यो फिल्म निर्माणको घोषणा भएको दुई वर्षपछि बल्ल छायांकनमा जान सफल भएको हो ।
राज बहादुर सानेको निर्देशनमा निर्माण भइरहेको यस फिल्मको मुख्य भूमिकामा नायक सौगात मल्ल र नायीका बेनिशा हमाल रहेका छन् ।
यसका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका बेनिशा हमालको लुक्स बाहिरिएको छ । निर्माण पक्षका अनुसार करिब ५० प्रतीशत छायाकंन सकाइसकेको फिल्मको सार्वजनिक लुक्समा सौगात र बेनिशा ग्रामीण परिभेषमा रहेको देख्न सकिन्छ ।
जसमा उनीहरु श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन् ।
उक्त तस्विर हेर्दा, बेनिशा काखमा सन्तान लिएर बसेकी छिन् भने सौगातको बैसाखी टेकेर हातमा कुखुराको भाले बोकेको देखिन्छ । तर, यो लुक्स वाहिरिरहदाँ २०७४ साल मंसिर १ रिलिजमा आएको फिल्म झ्यानाकुटीको झल्को दिने खालको छ ।
हिजो सार्वजनिक गरिएको उनीहरुको लुक्समा झ्यानाकुटी र सिटामोलबीच एउटै समान्ता रहेको अनुमान लगाउन सकिन्छ ।
सिमोस सुनुवारले निर्देशन गरेको फिल्म ‘झ्यानाकुटी’ पारिवारिक ड्रामा रहेको थियो । यस फिल्ममा पनि सौगात र वेनिशा नै मुख्य भूमिकामा थिए । यता, फिल्म सिटामोलको सौगात र बेनिशाको लुक्सले कतै झ्यानाकुटी कै जस्तो ‘झलक दिन्छ हैन र…’ भनेर दर्शकलाई सोचमग्न बनाइदिएको छ ।
जे होस् सिटामोलले माओवादी जनयुद्धको कथा उठान गर्ने भएकाले यसको कथाबस्तुमा धेरै भिन्नता आउने नै छ । त्यही पनि जुन हिसाबले सिटामोलबाट लुक्स बहिरिएको त्यसले भने झ्यानाकुटीको केही दृश्यसँग याद दिलाएकै हो ।
रमेश वन गोसाईं र श्याम थापाको लगानी रहेको यो फिल्ममा सौगात र बेनिशाका अलावा बुद्धि तामाङ, ज्ञानु सुनार र ध्रुव दत्तको पनि अभिनय रहेको छ ।