आगामी फागुन पहिलाे साता ‘जेन कन्फेरेन्स १.०’ आयोजना हुने-Sutra News

आगामी फागुन पहिलाे साता ‘जेन कन्फेरेन्स १.०’ आयोजना हुने

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौ“को ज्ञानेश्वर स्थित हन्च कम्प्लेक्स प्राङ्गणमा फागुन ३ र ४ गते कन्फेरेन्स आयोजना हुने भएको छ ।



सम्मेलनमा विद्यालयलाई एक्काइसौं शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने कुरा आयोजकले जानकारी दिएका छन् । यस सम्मेलनमा एक्काइसौं शताब्दीका सिप तथा चुनौतीहरू सम्बन्धी छलफल र वर्कसप हुनुका साथै शिक्षालाई युगसुहाउ“दो बनाउन विभिन्न सोच तथा शैक्षिक आयाममाथि छलफल हुने जनाइएको छ ।

प्रगतिशील विद्यालयको लागि आवश्यक पर्ने नेतृत्व विकास, शिक्षकको पेसागत विकास, आवश्यक शिक्षण प्रविधिको पहिचान सम्मेलनका मुख्य आकर्षण हुन् । सम्मेलनको घोषणापत्रमा एक्काइसौं शताब्दीका लागि चाहिने सिपयुक्त विद्यार्थी तयार पार्न कस्तो रणनीति अपनाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

उक्त सम्मेलनमा ४ ओटा विधामा विषय विशेषज्ञबाट प्रस्तुति दिइने छ । यसमा १३ ओटा कार्यशाला र ३६ ओटा पेपर प्रस्तुत हुनेछ ।

कार्यक्रममा किनोट वक्ताको रूपमा थाइल्यान्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका एसोसिएट प्रोफेसर जीवन खड्का रहेको जनाइएको छ । यस सम्मेलनमा सम्बन्धित क्षेत्रका विज्ञले विद्यालयमा प्रोग्रेसिभ नेतृत्व, डिजिटल लर्निङ अभ्यास, पाठ्यक्रममा नवीनता, शिक्षकको व्यावसायिक विकास, मूल्याङ्कन रणनीति जस्ता थिममा रहेर आफ्नो ज्ञान तथा अनुभवको प्रस्तुति दिने आयोजकले जनाएको छ ।

यस सम्मेलनमा गणित, कम्प्युटर, विज्ञान लगायत सम्पूर्ण विषय शिक्षकहरूलाई लक्षित हुने गरी वर्कसपको डिजाइन गरिएको छ । वर्कसपमा मेडिटेसन, व्यामिफिकेसन परियोजनामा आधारित सिकाइ र कक्षाकोठामा प्रयोग गर्न प्रयोगात्मक सिपहरू सिकाइने जनाइएको छ ।

एक्काइसौ“ शताब्दीका लागि योग्य विद्यार्थी तयार पार्न शिक्षकलाई जेन कन्फेरेन्स उपयोगी हुने विश्वास गरिएको छ । यस सम्मेलनमा विशेष गरी शिक्षा क्षेत्रमा कार्यरत वा रुचि राख्ने जो कोही पनि भाग लिन सक्ने छन् ।

यस सम्मेलनमा करीब २०० जना सहभागिको अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट