आईसीसी यू-१९ विश्वकप खेलेर फर्कियो नेपाली टोली-Sutra News

आईसीसी यू-१९ विश्वकप खेलेर फर्कियो नेपाली टोली

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फिर्ता भएको छ । टोली सोमबार बिहान स्वदेश फर्किएको हो ।



देव खनालको कप्तानीमा रहेको टोलीले समूह चरणमा पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्डसँग खेलेको थियो । जसमा अफगानिस्तानलाई नेपालले पराजित गरेर सुपर सिक्समा स्थान बनाएको थियो ।

सुपर सिक्समा नेपालको भिडन्त बंगलादेश र भारतसँग भएको थियो । नेपाली टोली दुवै खेलमा नेपाल पराजित भएसँगै स्वदेश फिर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट