पूनम पाण्डे झै मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’-Sutra News

पूनम पाण्डे झै मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

चर्चित भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेले पाठेघरको मुखको क्यान्सर सचेतनाको आडमा आफ्नो मृत्युको झुटो बनाएर सबैलाई चकित पारिन् ।



उनको यो कार्यलाई लिएर मानिसहरू निकै आक्रोशित भइरहेका छन् र मोडल पाण्डेको धेरैले आलोचना गरिरहेका छन् ।

पूनम पाण्डेले फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राम मार्फत आफ्नो मृत्युको झुटो खबर फैलाएकी थिइन् । त्यसपछि फेब्रुअरी ३ मा उनले पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन आफ्नो मृत्युको झुटो खबर दिएको भिडियोमार्फत बताएका थिए । यो स्टन्टपछि मानिसहरूले उनलाई धेरै ट्रोल गरिरहेका छन् ।

तर, पूनम पाण्डे पहिलो अभिनेत्री होइनन् जसले पब्लिसिटीको लागि आफ्नो मृत्युको झुटो बनाइन् । यसअघि सन् १९९५ मा पनि अर्की एक चर्चित अभिनेत्रीले आफ्नो मृत्युको नक्कल गरेकी थिइन् ।

सन् १९९५ मा महेश भट्टद्वारा लिखित र निर्देशित फिल्म ‘क्रिमिनल’ रिलिज भएको थियो । यस फिल्ममा नागार्जुन, राम्या कृष्ण र मनिषा कोइराला मुख्य भूमिकामा थिए । फिल्मको तेलुगु संस्करण सन् १९९४ मा रिलिज भएको थियो तर हिन्दी संस्करण भने १९९५ मा रिलिज हुने थियो । यो हिन्दी संस्करण सफल बनाउन महेश भट्टले अर्कै आइडिया ल्याएका थिए । त्यो थियो फिल्मको प्रचारका लागि बनाइएको नक्कली मृत्यु स्टन्ट ।

भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार महेश भट्टले ‘क्रिमिनल’ को प्रचार गर्न मनिषा कोइरालाको मृत्युको झुटो खबर फैलाए । उनले मनिषा कोइरालाको मृत्युको खबर बोकेर पोस्टर बनाएका थिए । यही कारबाहीका कारण उनी विरुद्ध मुद्दा दर्ता भएको बताइएको छ । तर, सन् २०१२ मा मनिषा कोइरालाले वास्तवमै मृत्युको सामना गरिन् ।

सन् २०१२ मा मनिषा कोइरालालाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो ।

क्यान्सरका कारण मनिषाको टाउकोका सबै कपाल झरेका थिए र उनको अवस्था नाजुक थियो । मनिषा कोइराला अमेरिकामा क्यान्सरको उपचार गराएकी थिइन् । मनिषा २०१८ मा क्यान्सर मुक्त भइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट