देशभरका फिल्म हल बन्द-Sutra News

देशभरका फिल्म हल बन्द

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । देशभरका फिल्म हल आज बन्द भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर माघ २२ गते सोमबार देशभरका हल बन्द गरिएको हो ।



केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो । सोही अनुसार हल सञ्चालकले साङ्केतिक रूपमा मुलुकभरका फिल्महरु बन्द गर्ने निर्णय गरेका हुन् ।

केही दिन अघि संघले जारी गरेको विज्ञप्तीमा फिल्म क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोपसमेत लगाइएको थियो ।

सरकारले मूल्य अभिवृद्धि कर बाहेल लगाएको अरु सबै कर अव्यवहारिक भएको संघको भनाई छ । यस्तै, सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा फिल्म हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जनाएको छ ।

यो निर्णयको समर्थन गर्दै क्यूएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट