

काठमाडौं । गायक हेमन्त कान्छा रसाइली र गायिका अञ्जु विश्वकर्माकाे स्वरमा ‘बामरी बसायो’ गीत सार्वजनिक भएको छ ।
रसाइलीको सगीत भएको गीतमा सपना रसाइलीको शब्द रहेको छ । गीतको भिडिओ छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका छन् ।
गीतमा अविशेख रसाइली, एवन ठकुरी, पारस भट्टराई, मीन बहादुर विश्वकर्मा, गोविन्द साउद र मणिप्रसाद रिजालले अभिनय गरेका छन् । गीत हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।