मेलम्चीबारे सोविताको दाबी– सरकारमा हुन्थ्यौँ भने सबै काम टाक्टुक सक्काएको हुन्थ्यौँ (भिडिओसहित)-Sutra News

मेलम्चीबारे सोविताको दाबी– सरकारमा हुन्थ्यौँ भने सबै काम टाक्टुक सक्काएको हुन्थ्यौँ (भिडिओसहित)

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा नेतृ सोविता गौतमले आफूहरू सरकार भएको भए सबै काम हुने दाबी गरेकी छन् ।



आइतबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मेलम्ची आयोजनाको दबाब यात्राको उद्घाटन कार्यक्रममा सांसद गौतमले भनिन्, ‘यदि, हामी सरकारमा हुन्थ्यौँ भनेदेखि आज तपाईंहरूले हामीलाई यहाँ हैन त्यहाँ बसेर यो (मेलम्ची) काम सबै टाक्टुक सक्काएको देख्नु हुने थियो ।’

यस्तै, गौतमले आफूहरू प्रतिपक्षीमा भएकाले सरकारलाई दबाब दिन सक्ने अवस्थमा रहेको बताइन् । यस्तै, उनले आगामी दिनमा आफूहरूले सरकारलाई समाधानसहित सुझाव दिन लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट