

काठमाडौं । अभिनेता, गायक तथा संगीतकार कोशिश क्षेत्रीले प्रेमीका सन्ध्या ढुंगानासँग लगनगाँठो कसेका छन् ।
हेटौंडा घर भएका यी दुवै जनाले यही माघ १७ गते (बुधबार) विवाह गरेका हुन् । उनीहरुको सिमित पारिवारिक व्यक्तिहरुको उपस्थितिमा विवाह भएको हो ।
करिब पाँच वर्षदेखि रिलेसनसिपमा रहेका उनीहरुले गत वर्षको माघमा इन्गेजमेन्ट गरेका थिए ।
कोशिश फिल्म र संगीत क्षेत्रमा स्थापित छन् । फिल्म ‘मोक्ष’बाट अभिनेताको रुपमा डेब्यु गरेका उनले त्यसयता ‘पर्व’, ‘रातो गलबन्दी’, ‘माया पिरिम’, ‘परस्त्री’ र ‘ऐंचो पैंचो’मा काम गरिसकेका छन् । यस्तै, उनी अब केही समयपछि दिनेश अधिकारी ‘चरी’को जीवनीमा आधारित फिल्म पनि गर्ने तयारीमा छन् ।
सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन् ।