‘सतीदेवी’पछि अब ‘पार्वती’ बनाउँदै सुवेदी-Sutra News

‘सतीदेवी’पछि अब ‘पार्वती’ बनाउँदै सुवेदी

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

काठमाडौँ । रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्म बनाउने भएका छन् ।



सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘पार्वती’ को घोषणा गरिएको हो ।

‘गाउँले केटी मो’ स्लोगन दिँदै सामाजिक कथामा निर्माण हुने बताइएको फिल्मको थिम पोस्टरमा दुई युवतीको छायाँलाई प्रस्तुत गरिएको छ । ‘पार्वती’ नारी प्रधान कथामा बन्ने निर्देशक सुवेदीले बताएका छन् । फिल्मको गीत र निर्माण समेत सुवेदीकै रहनेछ ।

दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको यस फिल्मको आगामी जेठबाट छायांकन गर्ने तयारी गरिएको छ ।

यस फिल्मको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने फिल्मको प्रदर्शन २०८१ सालको महाशिवरात्रिमा गर्ने तय गरिएको छ ।

नेपाली र अंग्रेजी भाषामा बन्ने यस फिल्मका कलाकार तथा अन्य प्राविधिकहरूको बारेमा भने केही जानकारी गराइएको छैन ।

यस्तै, सुवेदीकै लेखन निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’ प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट