बिजुली गाडीको कर आधाले घट्यो-Sutra News

बिजुली गाडीको कर आधाले घट्यो

मंगलबार, १६ जेष्ठ २०८०

मंगलबार, १६ जेष्ठ २०८०

काठमाडौं- सरकारले महँगा विद्युतीय गाडी (ईभी)मा करको दर झन्डै आधाले घटाएको छ ।



१०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तशुल्क लाग्ने गरेकोमा अर्थमन्त्री प्रकाशशरण महतले भन्सार महसुल १५ प्रतिशत र अन्तशुल्क १० प्रतिशतमा झारेका छन् ।

यस्तै, २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर र अन्त शुल्क ४५/४५ प्रतिशत रहेको थियो । नयाँ आर्थिक विधेयमा अर्थमन्त्रालयले यी सवारीको अन्तशुल्क २० प्रतिशत र भन्सार २० प्रतिशत कायम गरेको छ ।

यस्तै, ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सारशुल्क ४० प्रतिशत र अन्तशुल्क भने ४५ प्रतिशत कायम गरेको छ । यसअघि भन्सार शुल्क ६० र अन्तशुल्क पनि ६० प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट