पिसाबबाटै मोबाइल चार्ज !-Sutra News

पिसाबबाटै मोबाइल चार्ज !

बिहिबार, ११ जेष्ठ २०८०

बिहिबार, ११ जेष्ठ २०८०

एजेन्सी- सुन्दा अचम्म लाग्न सक्छ । तपाईलाई अचम्म लाग्नु स्वभाविक पनि हो कि पिसाबबाट नै स्मार्ट फोन चार्ज हुन्छ भनेर १ तर, यसलाई सम्भव तुल्याउनका लागि अध्ययन भने सुरु भइसकेको छ ।



जुन अध्ययन अनुसन्धान एउटा अनौठा लग्दो विषय हो । तर, पिसाबबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन्।यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन् । यस्तो शुक्ष्मजीव जुन पिसाबमा हुन्छ । यसरी शुक्ष्मजीवबाट विजुलीको उत्पादन हुन्छ ।

जसको प्रयोग गर्न सकिन्छ । २ लिटर पिसाबबाट ३० देखि ४० मिलिवाट विजुली उत्पादन गर्न सकिन्छ । यो विजुलीबाट स्मार्ट फोन रिचार्जदेखि कोठामा बत्ती बाल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट