टिट्वान्टी विश्वकप सेमिफाइनल: इंग्ल्याण्ड फाइनलमा, भारतीय टोली १० विकेटले पराजित-Sutra News

टिट्वान्टी विश्वकप सेमिफाइनल: इंग्ल्याण्ड फाइनलमा, भारतीय टोली १० विकेटले पराजित

बिहिबार, २४ कार्तिक २०७९

बिहिबार, २४ कार्तिक २०७९

दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्डले फाइनलमा स्थान पक्का गरेको छ ।



नोभेम्बर १३ मा मेलबर्नमा हुने फाइनल खेलमा इंग्ल्याण्डले पाकिस्तानको सामना गर्नेछ ।

भारतले इंग्ल्याण्डलाई जितका लागि १६९ रनको चुनौती दिएको थियो । ओपनर एलेक्स हेल्स र कप्तान जोस बटलरले पहिलो विकेटको कीर्तिमानी साझेदारी गर्दै लक्ष्यलाई सामान्य राखेका थिए।

भारतका कुनै पनि बलरले इंग्ल्याण्डका ब्याट्सम्यानलाई प्रभावित गर्न सकेनन् । इंग्ल्याण्डले खेल २४ बल बाँकी रहँदै जित्यो । कप्तान बटलर (८० रन, ४९ बल) र हेल्स (८६ रन, ४७ बल) दुवैले अर्धशतक बनाए । हेल्स खेलको म्यान अफ द म्याच घोषित भए ।

जुन पिचमा बेलायती ब्याट्सम्यानले भारतीय बलरलाई हराए, त्यही पिचमा भारतीय ब्याट्सम्यान रन बनाउन आतुर थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट