चिहानमा गाडेको शव गुनगुनाउन थालेपछि गाउँले त्रसित-Sutra News

चिहानमा गाडेको शव गुनगुनाउन थालेपछि गाउँले त्रसित

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

चिहानमा गाडिसकेको शव गुन्गुनाएको, कसैलाई बोलाएको कुरा के तपाई पत्याउनु हुन्छ ? तपाईलाई यसमा विश्वास नलाग्न सक्छ , तर यस्तै एउटाघटना भएको छ भारतको उत्तर प्रदेश राज्यको मेरठस्थित जलालपुर गाउँमा ।



यस्तो अचम्मको एउटा घटना भएपछि गाउँले आश्चर्यचकित भएका छन् । दुई महिनाअघि मृत्यु भएर चिहानमा गाडिसकेका एक युवकले आफू जिउँदै भएकोले बाहिर निकाल्न गुहार लगाएपछि गाउँले आश्च र्यसँगै त्रसित भएका हुन् । मृत्यु भएर चिहानमा गाडेको दुई महिनापछि छोराले आफूलाई निकाल्न गुहार लगाएको भन्दै एक दम्पती प्रहरीसम्म नै पुगेका छन् ।

यो कुनै काल्पनिक घटना होइन । यो एक सत्य घटना हो उत्तर प्रदेशको मेरठ गाउँको । जहाँ एक पिताले जिल्ला प्रशासनसँग गुहार माग्दै उसको छोरालाई गाडिएको चिहान उत्खनन गर्न माग गरेका छन् । ती बाबुले आफ्नो छोराले चिहानभित्रबाट आफूलाई आवाज दिँदै बचाउन आग्रह गरेपछि प्रशासनसँग गुहार लगाउनुपरेको बताएका छन् ।

जलालपुर गाउँमा केही सातायता मानिसको अनुहारको खुसी हराएको छ । उनीहरुको आँखामा केबल त्रास मात्रै झल्किरहेको छ । किन कि उनीहरुको गाउँको एक मुर्दा बिहान बेलुका चिहानबाट निरन्तर आवाज दिइरहन्छ । स्थानीयबासिन्दाका अनुसार चिहानबाट गुनगुनाएको आवाज पनि आइरहन्छ ।

समाचार अनुसार यो चिहान स्थानीय युवा इरफानको हो ।  दुई महिनाअघि मृत्यु भइसकेको छ । इरफानका परिवारका अनुसार अघिल्लो सातादेखि चिहानबाट इरफानको आवाज आइरहेको छ । इरफानको आवाजमा आफू जिउँदै रहेकोले बाहिर निकाल्न आग्रह गरिरहेको उनका परिवारको भनाइ छ । उनको परिवारका अनुसार गत २५ फेब्रुअरीमा निधन भएको हो ।

उनको मृत्यु पश्चात उनलाई दुई गज जमीन मुनी पुरिएको थियो । उनलाई चिहानमा पुरिएको दुई महिना पछि जब इरफानको चिहानभित्रबाट मानिस गुनगुनाउन थाल्यो । चिहानबाट मानिस गुनगुनाउन थालेपछि त्यस गाँउमा मानिसमा अश्चर्यका साथै त्रासदि छाउन थाल्यो । उनका पिता पिता सबिरुद्दीनका लागि जवान छोराको निधन दुस्खको कुनै अग्लो पहाड भन्दा कम थिएन।

अहिले जब चिहानबाट आफूले जमिनमा गाडेको छोरो गुनगुनाउन थालेपछि त यो परिवार टुटेफुटेको काँचको शिशासरह भएको छ। चिहानबाट छोराले बाहिर निकाल्न गुहार लगाइरहेपछि यो परिवारले जिल्ला प्रशासनलाई गुहार लगाउँदै सत्य पत्ता लगाउन भनेको छ । प्रशासनले आफूहरुलाई मद्दत दिएर चिहान खोतली आफ्नो छोराको साँचो कुरा बाहिर ल्याउने आशमा यो परिवार लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट