

काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गते (आज) देखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।