यस्तो बन्यो फिल्म ‘परदेशी-२’ को टिजर-Sutra News

यस्तो बन्यो फिल्म ‘परदेशी-२’ को टिजर

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

काठमाडौं – नारायण रायमाझी निर्देशित प्रतीक्षित चलचित्र ‘परदेशी(२’को टिजर सार्वजनिक गरिएको छ । टिजर शुक्रबार ‘रीमा इन्टरटेन्मेन्ट’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका कलाकारहरू प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत देखिएका छन् । यो फिल्म लोकदोहोरी गायक प्रकाशको डेब्यू चलचित्र हो ।



टिजर हेर्दा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको आँकलन गर्न सकिन्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको टिजरबाट बुझन् सकिन्छ । प्रेम, वियोग, संवेदना, द्वन्द्व, गीत सबैको अंश टिजरमा मिश्रित छ ।

नारायण रायमाझीले निर्देशन गरेको यो फिल्ममा प्रकाश, केकी, वर्षा, दिलीप, प्रशान्त लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म असोज १४ गते प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट