प्रधानसेनापति र भारतीय राजदूतबीचको भेटवार्तामा के भयो ?-Sutra News

प्रधानसेनापति र भारतीय राजदूतबीचको भेटवार्तामा के भयो ?

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए ।



प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट